कुरूम्बाङ बंशावली अनुसार सेनसेनगुम फेदापहाङको सन्तानहरु धेरै थरी भएर बाडिएकाछ्न, जसमध्ये कुरुम्बाङ पनि एक थरी हुन। सोही कुरुम्बाङ थरी लिम्बु को २८औ पुस्ताको हाङनुरूको कान्छो छोरा हाङजाजित हुन ।उनी तेह्रथुम सिम्लेबासी हुन।उनको बिबाह संखुवासभा जिल्लाको मैदाने (तत्कालिन मैवाखोला थुम) को वनेम बंशको छोरी सँग भएको थियो।उनको कोखबाट जेठो बोलिनन्द र कान्छो हंसपतिको जन्म भयो। बाबू हाङजाजितको निधन पछि अामा संखुवासभाको साबिक पांमा गाउँ हालको खादबारी नगरपालिकाको लोहरूङ राई सँग दोस्रो बिबाह भयो। बिबाह पछि नाबलक छोराहरु जेठो बोलिन्द र कान्छो हंसपति झर्केलो छोराको रूप साबिक पांमा गा.बि.स. हाल खादबारी नगरपालिकामा अामा सगै हुर्के।अामाको सल्लाह बमोजि आफ्नो बंश खोजी गर्न मावल अाए। मावलिहरुले संखुवासभा जिल्ला चैनपुर नगरपालिका बडा नं :-२ साबिक सिद्धकाली गा.बि.स. कोक्सामा ढाल फाड गरि बसोबास गराए। कोक्सामा जेठा बोलिनन्द कुरुम्बाङ केही समय बसि कान्छा भाइलाई त्यही छोडि चित्लाङ मैयुम हुँदै साघु अाएको र मामा मावलीहरुको सल्लाह बमोजिम साबिक साँघु-६ मा बसोबास सुरु गरे।पांमाली कुरुम्बाङ भान्जा बसोबास भएकोले हाल बसोबास भएको ठाउँ पांमा गाउँ भएको हो।
३५अौ पुस्ता(नागिकता ऐन २०२० लागू )बाट केहिले पांमा थर कायम गरि बसेता पनि हामी जेठो बोलोनन्द कुरुम्बाङको सन्तान हामी कुरुम्बाङहरु यहाँ पांमा गाउँमा बसोबास गरिरहेका छौ।
हाम्रो बाजेहरूले बनाएको घर ,पौवा पाटी संरक्षण गर्न, बंश बंशावली आध्ययन गर्न, आर्थिक रूपमा बिपन्न तर क्षमतावान बिद्यार्थी हरूलाई माध्यमिक र उच्च शिक्षामा विभिन्न बिषयहरू(कानुन,ईञ्जिनियर,कृषि ,चार्टर एकाण्टेन जस्ता बिषयहरू)मा शसर्त छात्रवृत्ति दिन,बाढी ,पहिरो,अागलागी,बिरामी जस्ता दैबिक प्रकोपमा परेकारूलाई सहयोग गर्न ,बालबालिका तथा बयो बृद्ध लक्षित काम गर्न ,युवा लक्षित तालिम संचालन गर्न,समय समयमा स्वास्थ सिबिर संचालन जस्ता समाजिक काम गरेर अाफ्ना नयाँ पुस्ताहरूलाई नैतिकवान,चरित्रवान ,राष्ट्र प्रेमी बनाएर देशको अाईडल पुस्ता बनाउने अाशा राखेर यो कोभिड-१९को छ महिना देश बन्दकोबेला देश बिदेशमा छरिएर बसेका बोलिनन्द कुरुमबाङको हामी सन्तानहरुले याक्थुम कुरुमबाङ सङजुम्बो केन्द्रिय समिति सँग परामर्श लिएर २०७८ साल भदौको अन्तिम असोजको पहिलो हप्तामा अाफ्नो बाजे पू्र्खाको स्मृतिमा “हाङजाजित हंसपति बोलिनन्द कुरुम्बाङ स्मृति “ देशैभरि काम गर्ने उदेश्य राखि यो संस्थाको जन्म गरियो।
अाशा गरौ यो संस्थाले हाम्रो कुरुम्बाङ परिवारलाई देशै भरि मनभएको परिवारको रुपमा चिनाअोस।रास्ट्रलाई अाबश्यक जनशक्ति उत्पादनमा सहयोग गरोस।यो संस्था देशको उत्कृष्ट परोपकारी सस्थाको रूपमा स्थापित बनोस।