सम्पूर्ण कुरुम्बाङ बन्धुहरूबाट हार्दिक बधाई तथा शुभकामना

श्री दिर्घजंग कुरुम्बाङलाई श्रीलंकाको ‘राष्ट्रपतीय निर्यात पुरस्कार’
श्रीलंकामा व्यवसायी गर्दै आउनु भएका श्री दिर्घजङ कुरुम्बाङ ज्यू पुरस्कृत हुनु भएकोमा सम्पूर्ण कुरुम्बाङ वंशबाट हर्ष उल्लासका साथ वहाँलाई हार्दिक बधाई तथा शुभकामना छ। श्रीलंकाका राष्ट्रपति मैथ्रिपाला सिरिसेनाले मुलुकको ‘इन्जिनियरिङ प्रोडक्ट’ अन्तर्गत स्टील र काठबाट निर्मित सामग्री निर्यातमा उच्च योगदान पुर्याएको भन्दै नेपाली व्यवसायी दीर्घजंग कुरुम्बाङलाई ‘राष्ट्रपतीय निर्यात पुरस्कार’ बाट पुरस्कृत गरेका हुन। उहाले सो पुरस्कार १६ डिसेम्बर २०१५ सालमा ग्रहण गर्नु भएको छ।
जन्मस्थान सिम्ले–६ तेह्रथुम निवासी श्री दिर्घजंग कुरुम्बाङ उहाँ गाउँको स्कूलबाट अध्यायन गर्दै ब्रिटिस गोर्खा सेनामा पनि जागिर खाएका थिए। सन १९८४ तिर गोर्खा सेनाको जागिर छोडि व्यपार व्यवसायमा लाग्नु भएको थियो।
श्रीलंकामा व्यवसाय गर्दै आएकालाई श्रीलंका सरकारले निर्यातकर्तालाई दिने सम्मान तथा पहिचानको सर्वश्रेष्ठ पुरस्कार हो, यो पुरस्कार। लिस्पो प्रालि प्रबन्धक निर्देशक तथा अध्यक्षसमेत हुनु हुन्छ।